Logo
Logo

पूर्व सभासद् शाह पक्राउ


- दृष्टि न्युज/संवाददाता


धनगढी, १३ बैशाख ।
पूर्व सभासद् डबल बहादुर शाह पक्राउ परेका छन् । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सेती ब्यूरो सदस्य रहेका उनलाई सशस्त्र प्रहरीले धनगढीबाट पक्राउ गरेको हो ।


सशस्त्र प्रहरीका एसपी विष्णुराज भट्टकाे नेतृत्वमा खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । सशस्त्रले उनलाई नेपाल प्रहरीलाई बुझाएको छ । नेपाल प्रहरीका घुमुवाहरु पैसा असुल्नै व्यस्त भएपछि सशस्त्र प्रहरी सक्रिय भएर विप्लवका नेतालाई पक्राउ गरेको हो ।
पक्राउ परेका शाह पूर्व सभासद् समेत हुन् ।
सरकारले सो समूहलाई प्रतिबन्ध लगाएपछि सबै नेता तथा कार्यकर्तामाथि कारबाही थालेको छ ।

प्रतिक्रिया दिनुहोस्