Logo
Logo

चिनीको कालोबजारीमा, अर्थसचिवको संलग्नता



काठमाडौं । दशैँ तिहार चिनीका व्यापारीहरुलाई कालोबजारी गर्ने ठूलो चाड हो । प्रत्येक वर्ष चिनी व्यापारीहरुले भारतबाट तस्करी गरेर ल्याउने चिनीबाट दशैँ तिहारमा ‘लुट’ नै मच्चाउँछन् । यो लुटमा अर्थ मन्त्रालयका कर्मचारीहरुको भित्री साँठगाँठ रहेको स्रोतले दृष्टिलाई बताएको छ ।

अहिले दशैँको मौसम सुरु भइसक्यो । साल्ट ट्रेडिङ लिमिटेडले सर्वसाधारण जनताका लागि सुपथ मूल्य पसल खोल्ने तयारी गरेको छ । हरेक दशैँ, तिहार र छठ पर्वमा साल्ट ट्रेडिङ लिमिटेडले उपभोक्तालाई सस्तो मूल्यमा चिनी उपलब्ध गराउँदै आएको छ । यसपटक भने साल्ट ट्रेडिङ लिमिटेडसँग चिनीको स्टक समाप्त भएकोले सुपथ मूल्य पसलमा चिनी पाइने छैन । जसको फाइदा कालोबजारियाहरुले उठाउनेछन् ।

Sack with pure sugar on table

दशैँ तिहारमा मासिक ३० हजार मेट्रिक टन चिनी खपत हुन्छ । चिनीको भन्सार र भ्याट गरेर ५० प्रतिशत तोकिएकोले व्यापारीहरुले बिना भन्सार भारतबाट तस्करी गरेर चिनी आयात गर्ने गर्छन् र सीमा क्षेत्रका गोदाममा लुकाउने गर्छन् । त्यही चिनी दशैँ, तिहारमा महंगोमा बेच्छन् ।

वार्षिक नेपालमा २ लाख ५० हजार मेट्रिक टन चिनी आवश्यक पर्छ । तर नेपालमा वार्षिक एक लाख ५० हजार चिनी उत्पादन भएको तथ्यांक छ । यो तथ्यांकमा देखाइएको चिनीको उत्पादन पनि नक्कली हो । नेपालका चिनी मिलहरुले भारतबाट तस्करी गरेर ल्याइएको चिनी बरथहवालगायत सीमा क्षेत्रका गोदाममा लुकाएर राख्ने गर्छन् । त्यही चिनीलाई नेपालको उत्पादन भनेर चिनी मिलले आफ्नो बोरामा प्याक गरेर बजार पठाउने गर्छन् । जसबाट ठूलो परिमाणमा राजस्व गुम्ने गरेको छ ।

स्रोतका अनुसार अन्य व्यापारीले चिनी आयात गर्न नसकोस् भनेरै चिनीजस्तो दैनिक उपभोग्य वस्तुमा पचास प्रतिशत भन्सार र भ्याट थपिएको हो । अर्थ मन्त्रालयका भ्रष्ट कर्मचारी र चिनी माफियाहरुको साँठगाँठमा नीतिगत भ्रष्टाचार भएपछि यो वर्ष चिनी आयात पनि कम भएको छ ।

शशिकान्त अग्रवाल र राजकुमार गडगरियाँ चिनीको तस्करीबाटै अर्बपति बनेका चिनी मालिक हुन् । उनले देखाउनका लागि मात्र चिनी उद्योग खोलेका छन् । उनीहरुको धन्दा भनेकै भारतबाट रातारात चिनी तस्करी गरेर ल्याउने र आफ्नो चिनी मिलको बोरामा प्याक गरेर बिक्री गर्ने हो । त्यति मात्र होइन, अग्रवालले विभिन्न कम्पनी खोलेर चिनी आयातका नाममा विदेशी मुद्रा अपचलनसमेत गरेका छन् ।

स्रोतका अनुसार चिनी व्यापारीहरुले यस वर्ष १ लाख ५ हजार मेट्रिक टन चिनी उत्पादन भएको बताउँदै आएका छन् । यस हिसाबले दशैँ तिहारमा एक लाख ४५ हजार अपुग हुन्छ । त्यसको आपूर्ति तस्करीको चिनीबाट हुँदै आएको स्रोत बताउँछ ।

आपूर्ति मन्त्रालय स्रोतका अनुसार साल्ट ट्रेडिङमार्फत दशैँ तिहारका लागि चिनी आपूर्ति गर्न उक्त मन्त्रालयले अर्थ मन्त्रालयमा पत्र पठाए पनि राजस्व सचिव कृष्णहरि पुष्करले उक्त पत्र लुकाएका छन् । जसले गर्दा दशैँ तिहारमा सर्वसाधारण उपभोक्ता मारमा पर्ने भएका छन् ।

शशिकान्त अग्रवाल र राजकुमार गडगरियाँ चिनीको तस्करीबाटै अर्बपति बनेका चिनी मालिक हुन् । उनले देखाउनका लागि मात्र चिनी उद्योग खोलेका छन् । उनीहरुको धन्दा भनेकै भारतबाट रातारात चिनी तस्करी गरेर ल्याउने र आफ्नो चिनी मिलको बोरामा प्याक गरेर बिक्री गर्ने हो । त्यति मात्र होइन, अग्रवालले विभिन्न कम्पनी खोलेर चिनी आयातका नाममा विदेशी मुद्रा अपचलनसमेत गरेका छन् ।

स्रोतका अनुसार विगत वर्षहरुमा अन्तर्राष्ट्रिय बजारमा चिनीको मूल्य प्रतिक्विन्टल ३२५ अमेरिकी डलर भएको बेला अग्रवालले प्रतिक्विन्टल ४६० अमेरिकी डलरमा एलसी खोलेर विदेशी मुद्रा अपचलन गरेका छन् । त्यही विदेशी मुद्रा उनले स्वीस बैंकमा थुपार्दै आएको स्रोत बताउँछ । स्रोतका अनुसार यी चिनी व्यापारीहरुले सिरहाको बोर्डरबाट चिनी तस्करी गरेर ल्याएका छन् । यो क्रम जारी छ ।

प्रतिक्रिया दिनुहोस्