Logo
Logo

साहस उर्जाको ७० लाख कित्ताका लागि आईपिओ खुला



काठमाडौं । साहस उर्जा कम्पनीले ७० लाख कित्ता सर्वसाधारणका लागि प्राथमिक सेयर (आइपिओ)को खुल्ला गरेको छ । एक सयका दरले प्रतिकित्ता सेयर बुधबारदेखि खुला भएको हो । ७० लाख कित्तामध्ये ६४ लाख ४० हजार कित्ता सेयर सर्वसाधारणले पाउनेछन् ।

त्यसमध्ये बाँकी ३ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि र २ लाख १० हजार कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ । न्यूनतम १० कित्ता र अधिकतम १० लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन पाइनेछ । कम्पनीको आइपिओमा असोज १० गतेसम्म आवेदन दिन सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्