Logo
Logo

९ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ९ सयले बढेको छ ।

मंगलबार ८९ हजार दुई सयमा कारोबार भएको छापावाला सुनको मूल्य आज (बुधबार) ९० हजार एक सय तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ८९ हजार ६५० रुपैयाँ कायम गरिएको छ । मंगलबार तेजावी सुन प्रतितोला ८८ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार चाँदीको मूल्य मङ्गलबारका तुलनामा आज प्रतितोला २५ रुपैयाँले बढेको छ ।

चाँदी मङ्गलबार प्रतितोला एक हजार १४० मा कारोबार भएको थियो । चाँदीको मूल्य आज प्रतितोला एक हजार १६५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७७७ दशमलव ५४ अमेरिकी डलरमा कारोबार भइरहेको छ जुन समयसमय परिवर्तन भइरहन्छ ।

प्रतिक्रिया दिनुहोस्