Logo
Logo

एक हजार ४७८ संक्रमित थपिए, ६ जनाको मृत्यु



काठमाडौं । नेपालमा बुधबार एक हजार ४७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ हजार ९३० नमुना परीक्षण गर्दा एक हजार ४७८ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट १ हजार २५१ र एन्टिजेनबाट २२७ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ११ हजार ६७ जनाको पीसीआर र २ हजार ८६३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार ६३० जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५५ हजार ६३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर २१ हजार १३९ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्