Logo
Logo

आँखाको समस्याबाट ‘बिर्सने रोगको खतरा’



काठमाडौं । आँखामा समस्या हुँदा डिमेन्सिया अर्थात बिर्सने रोगको खतरा बढ्ने देखिएको छ । आँखाको समस्याले पनि बिर्सने रोग लाग्ने गरेको देखिएको छ ।

चीनको गुआंगडोङ एकेडेमी अफ मेडिकल साइन्सका अध्ययनकर्ताका अनुसार उमेर बढेसँगै सुरु हुने आँखाको बिमारीको सम्बन्ध व्यक्तिको घट्दो स्मरणशक्तिसँग जोडिएको हुन्छ ।

धेरै मानिसहरूले डिमेन्सियालाई अल्जाइमर भनेर बुझ्ने गरेका छन् । यी शब्दहरूलाई पर्यायवाचीका रूपमा प्रयोग गरेको पाइन्छ । डिमेन्सियामाथि व्यक्त गरिएको लक्षणहरूको रोग हो भने त्यसको मुख्य कारण भनेको अल्जाइमर नै हो ।

झट्ट सुन्दा नमिले पनि हामी चिकित्सकले अल्जाइमर शब्दमात्र सुन्दा पनि यो स्मरणशक्तिसँग सम्बन्धित रोग बुझ्छौँ । वास्तवमा एलोइस अल्जाइमर एक व्यक्तिको नाम हो, जसले आजभन्दा १०० वर्ष पहिले यो रोग पत्ता लगाएका थिए । धेरै चर्चामा नभएको यो रोगले सन् ६०–७० दशकमा भने विकसित राष्ट्रमा व्यापक चर्चा पायो ।

अध्ययनकर्ताका अनुसार जो व्यक्तिको आँखाको रोशनी घट्छ, उनीहरूको स्मरणशक्ति पनि घट्दै जानेछ । अध्ययनमा ५५ देखि ७३ वर्षका १२ हजार ३ सय ६४ व्यक्तिलाई सामेल गराएर आँखा र मष्तिष्कको यो सम्बन्धबारे बुझिएको थियो ।

अध्ययन प्रतिवेदनअनुसार उमेर बढेसँगै हुने आँखाको समस्याले स्मरणशक्ति पनि घटाउने गरेको देखायो । मेकुलर डिजेनेरेसनका बिरामीमा डिमेन्सियाको खतरा २६ प्रतिशतले देखिएको प्रतिवेदनामा उल्लेख छ । मोतिबिन्दू भएका बिरामीमा ११ प्रतिशत र डायबिटिज र आँखाको समस्या एकैपटक भोरिरहेकामा ६१ प्रतिशतसम्म डिमेन्सियाको खतरा रहेको छ ।

यस्तै, ब्रिटिश जर्नल अफ आप्थ्याल्मोलोजीमा प्रकाशित एक प्रतिवेदनका अनुसार बेलायतमा हरेक वर्ष करिब ६५ वर्ष उमेरका ५० प्रतिशत व्यक्ति मोतिबिन्दूको शिकार हुने गरेका छन् । ४० हजार व्यक्ति मेकुलर डिजेनेरेसन आँखाको समस्यासँगै डायबिटिज, मुटुरोग, स्ट्रोक या डिप्रेशनबाट गुज्रिरहेका व्यक्तिमा डिमेन्सियाको खतरा झनै बढी हुन्छ ।

अध्ययनका अनुसार मेकुलर डिजेनेरेसन, मोतिबिन्दू र डायबिटिजसँग सम्बन्धित आँखाको समस्या भएकामा पनि डिमेन्सियाको खतरा धेरै हुन्छ । यतिबेला संसारभर नै डिमेन्सियाको समस्याको ग्राफ बढ्दो छ । वासिङ्टन युनिभर्सिटीका वैज्ञानिकहरूले सन् २०५० सम्म दुनियाँभर डिमेन्सियाका बिरामी तीन गुणाले बढ्ने अनुमान गरेका छन ।

सो अध्यान अनुसार यस्तो अवस्थामा बिरामीको संख्या बढेर १५ करोड भन्दा धेरै हुनेछ । यतिबेला डिमेन्सियाका सबैभन्दा धेरै मामिला इस्टर्न, सब सहारा अफ्रिका, नर्थ अफ्रिका र मिडल इस्टमा बढिरहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष डिमेन्सियाको एक करोड केस सार्वजनिक हुन्छन् । अमेरिकी वैज्ञानिकको नयाँ अध्ययन अनुसार यसबारे सचेतना बढाएर सन् २०५० सम्ममा यसको ६०.२ लाख मामिला रोक्न पनि सकिन्छ ।

सन् २०१९ सम्म डिमेन्सियाका बिरामीको संख्या ५ करोड भन्दा बढी थियो। आगामी तीन दशकमा यो आँकडा १५ करोडसम्म पुग्न सक्ने अनुमान गरिएको छ।

डिमेन्सिया हुनबाट रोक्न के गर्ने ?

– दैनिक आठ घण्टा सुत्ने
– मोटोपन, सुगर, रक्तचापलाई कन्ट्रोल गर्ने
– दिनमा ६ कप भन्दा बढी कफी सेवन नगर्ने
– सुडोकु खेल्ने
– हप्ताको ५ दिन शारिरीक कसरत गर्ने

प्रतिक्रिया दिनुहोस्