Logo
Logo

राष्ट्र बैंकद्धारा पुनर्कर्जा कार्यविधि जारी, ४.१२ गुणासम्म दिइने (कार्यविधिसहित)



काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको कार्यविधि जारी गरेको छ । पुनर्कर्जा प्रयोजनको लागि प्राप्त हुने कूल श्रोत रकमको अधिकतम ४ दशमलव १,२ गुणासम्म दिइने राष्ट्र बैंकले जानकारी दिएको छ ।

कोभिड–१९ ले अर्थतन्त्रमा पारेको असरलाई सम्बोधन गर्न थप श्रोत आवश्यक पर्ने भएकोले यस्तो व्यवस्था गरिको पुनरकर्जा कार्यविधि, २०७७
(तेस्रो संशोधन सहित)मा उल्लेख छ । राष्ट्र बैंकले २ खर्व १२ अर्ब ८८ करोड ननाघ्ने गरि बैंकले पुनर्कर्जा प्रदान गर्न सक्ने गरी सीमा तोकोको छ ।

कोरोनाको असर न्यून भएसँगै यस सीमालाई क्रमशः घटाउँदै कोषमा उपलब्ध श्रोतको आधारमा पुनर्कर्जा सुविधा प्रदान गर्ने व्यवस्था मिलाइने कार्यविधिमा उल्लेख । पुनर्कर्जाको जोखिम व्यहोर्ने कोषको श्रोतसमेत तोकिएकोछ ।

पुनरकर्जा कार्यविधि, २०७७

प्रतिक्रिया दिनुहोस्