Logo
Logo

वैदेशिक व्यापार ८० प्रतिशतले बढ्याे



काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा झण्डै ८० प्रतिशले वैदेशिक व्यापार वृद्धि भएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्ष ७९.९२ प्रतिशतले वैदेशिक व्यापार बढेको हो ।

विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ३ खर्ब ५८ अर्बको वैदेशिक व्यापार भएको छ । गत वर्ष सोही अवधिमा १ खर्ब ९९ अर्बको मात्रै वैदेशिक व्यापार भएको थियो ।

गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा ५.८६ प्रतिशतले आयत बढेको छ भने ११५.४३ प्रतिशतले निर्यात बढेको छ । अघिल्लो वर्षको पहिलो दुई महिनामा १ खर्ब ७८ अर्बको वस्तु आयात भएको थियो । सोही अवधिमा यो वर्ष ३ खर्ब १४ अर्ब रूपैयाँको वस्तु आयत भएको विभागले जनाएको छ ।

त्यस्तै यो वर्ष निर्यात पनि बढेको छ । गत आर्थिक वर्षमा पहिलो दुई महिनामा २० अर्ब ४४ कोरोडमो बस्तु निर्यात भएको थियो भने यो वर्ष सोही अवधिमा करिब ४४ अर्बको बस्तु निर्यात भएको विभागको भनाइ छ ।

वैदेशिक व्यापार बढैसँगै वैदेशिक व्यापार घाटा पनि यो वर्ष बढेको छ । गत वर्षको तुलनामा यो वर्ष ७०.७५ प्रतिशतले व्यापार घाटा बढेको हाे । गत आर्थिक वर्ष करिब १ खर्ब ५८ अर्ब व्यापारघाटा रहेको चालु आर्थिक वर्षको सोही अवधिमा २ खर्ब ७० अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्