एक हजार ४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

एक हजार ४७६ संक्रमित थपिए, ९ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । नेपालमा शुक्रबार एक हजार ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १५ हजार ६९० नमुना परीक्षण गर्दा एक हजार ४७६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट १ हजार १०३ र एन्टिजेनबाट ३७३ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा १० हजार ५७५ जनाको पीसीआर र ५ हजार ११५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८१ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार ५५० जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५८ हजार ५०४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर २० हजार २८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्