Logo
Logo

काेराेना संक्रमण र मृत्युदर घट्यो



काठमाडौं । नेपालमा शनिबार ९५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ५७९ नमुना परीक्षण गर्दा एक ९५३ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ७९० र एन्टिजेनबाट १६३ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ७ हजार ५० जनाको पीसीआर र ३ हजार ५२९ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८७ पुगेको छ ।

त्यस्तै सोही अवधिमा १ हजार ३७१ जना संक्रमणमुक्त भएका छ । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ५९ हजार ८७५ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १९ हजार ७०० जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्