Logo
Logo

भ्वाइस विजेता गजमेरको गीतमा टिकटक जोडी (भिडियो)



काठमाडौं । सांगीतिक रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–३’का बिजेता किरण गजमेरको नयाँ गीत ‘मोहनी मन्तर’को भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी खनालको शब्दरचना रहेको छ भने अम्बर तुम्बापो सुब्बाको संगीत तथा साहस शाक्यको संगीत संयोजन रहेको छ ।

भिडियोमा हाल टिकटक तथा म्युजिक भिडियोका चर्चित जोडी बिना राउत र सरोज राना प्रजाको अभिनय रहेको छ । नवराज उप्रेतीको छायाँकन रहेको भिडियोलाई नवीन निरौलाले सम्पादन गरेका हुन् । भिडियोमा गम्भीर बिष्टको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्