Logo
Logo

गठबन्धन बैठकमा मन्त्रिपरिषद विस्तारलाई जोड

दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन प्रधानमन्त्रीसँग आग्रह



काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू बालुवाटारमा छलफल गरेका छन् । छलफलमा गठबन्धनका नेताहरुले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको जोडबलमा सरकारले यो अध्यादेश २३ भदौमा प्रतिनिधिसभामा टेबल गरेको छ । तर, यो अध्यादेश कायम रहँदासम्म मन्त्रिपरिषद् विस्तार गर्न नहुने जनता समाजवादी पार्टीको अडान छ ।

छलफलमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपा अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत उपस्थित थिए ।

छलफलमा सहभागी जसपा नेता महेन्द्र राय यादवले छिट्टै मन्त्रिपरिषद विस्तार गर्ने, गठबन्धनलाई दीगो बनाएर लैजानेबारे छलफल भएको बताए । राजनीतिक दलसम्बन्धी अध्यादेशलाई निष्कृय बनाउनेजस्ता विषयमा समेत छलफल भएको बताउँदै उनले छिट्टै मन्त्रिपरिषदले पूर्णता पाउने बताए ।

गठबन्धनमा संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत जुटाएर दल विभाजन गर्ने गरी ल्याइएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक ल्याउने भन्ने विवाद छ ।


देउवा प्रधानमन्त्री बनेको लामो समयसम्म पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एक राज्यमन्त्रीसहित कांग्रेसबाट चार र माओवादीबाट २ गरी छ जना मात्रै मन्त्री छन् ।

प्रतिक्रिया दिनुहोस्