Logo
Logo

१३ लाखले गराए सुरक्षित गर्भपतनक



काठमाडौं । नेपालभर १९ वर्षमा १३ लाखभन्दा बढीले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनुसार नेपालमा गर्भपतनले कानूनी मान्यता पाएपछि अहिलेसम्म १३ लाख बढीले सुरक्षित गर्भपतन गराएका हुन् । ४२ प्रतिशत महिला यसबारे जानकार रहेको विभागको भनाइ छ ।

संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ र सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियामावली, २०७७ लागू रहेको छ ।

गर्भपतन सेवा सुरक्षित, पहुँचमा पुर्याउनका लागि नीति र निर्देशिकाहरु परिस्कृत गरिएको महाशाखाका निर्देशक डा. विवेकलाल बताउँछन् ।
४ हजारभन्दा धेरैलाई स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी करिब १५ सय स्वास्थ्य संस्थाहरूबाट सुरक्षित गर्भपतन गराइँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्