Logo
Logo

१० बुँदे कार्यान्वयन नभएको भन्दै भीम रावलद्धारा बैठक बहिस्कार



काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष भीम रावल जारी केन्द्रीय कमिटी बैठक बहिस्कार गरेका छन् । १० बुँदे प्रस्ताव कार्यान्वयन नभएको भन्दै रावलले बैठक छोडेका हुन् ।

बैठकमा पेश भएका विभिन्न दस्तावेजमा आफ्ना कुरा राखेपछि बैठक छोडेर बाहिरिएका रावलले बैठक बहिस्कार गरेको त भनेका छैनन् । तर, बैठक जारी रहेकै बेला ‘बैठकमा बस्नुको चौचित्य छैन’ भन्दै बाहिरिनु बहिस्कार गरेकै अर्थ लाग्ने एक नेताले बताए ।

ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृती प्रतिष्ठानमा जारी केन्द्रीय कमिटी बैठकमा आज उपाध्यक्ष रावलले १० बुँदे प्रस्ताव किन कार्यान्वयन नगरिएको भन्दै प्रश्न उठाएका छन् । १० बुँदे प्रस्ताव कार्यान्वयन नहुँदा सुदुरपश्चिम प्रदेश कमिटीको इन्चार्ज हुन नसकेका रावलले यस बिषयमा नेतृत्वसँग बिगतदेखी नै छलफल गर्दै आएका छन् ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन, उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव पेश गरेपछि १० वटा समूह गठन गरी छलफल भएको थियो ।

१० वटै समूहमा छलफल पश्चात टोली नेताले समूहमा आएका सुझाव एवं प्रश्नहरु राखिसकेका छन् । सबै विषयमा केन्द्रित भई दस्तावेज पेश गरेका नेताले बैठकमा जवाफ दिइरहेका छन् । तर १० बुँदे प्रस्ताव कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै रावल तेस्रो दिनको बैठक जारी रहेकै बेला बैठक हलबाट बारिएका हुन् ।

प्रतिक्रिया दिनुहोस्