Logo
Logo

प्रहरीलाई घुस दिन खोज्दा प्रहरीकै फन्दामा



काठमाडौं । प्रहरीलाई घुस दिन खोज्ने दुई युवा प्रहरीको फन्दामा परेका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको टोलीलाई खुस दिन खोज्दा उनीहरु पक्राउ परेका हुन् ।

गुलरिया नगरपालिका–७ स्थित सहिदगेटमा जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरीको संयुक्त चेकप्वाइन्टमा घुस दिन खोज्ने गुलरिया नगरपालिका–११ घर भएका २० वर्षीय राकेश खटिक र १९ वर्षीय अजय खटिक पक्राउ परेका हुन् ।

लु २० प ८६१ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई प्रहरीले ब्लुबुक र लाइसेन्स माग्दा ५०० रुपैयाँ घुस दिन खोजेका थिए ।

प्रहरीले उनीहरु विरुद्ध सार्वजनिक हित विरुद्धको कसुरमा मुद्धा दर्ता गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्