Logo
Logo

लाइसेन्समा सेटिङ मिलाउने असई अख्तियारको फन्दामा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १५ फागुन ।
यातायात व्यवस्था कार्यालय, बिर्तामोड, झापामा हुने लाइसेन्स खरिद बिक्रिमा प्रहरीका अईका संलग्नता खुलेको छ । बिचौलियालाई पक्राउ गरी अनुसन्धान गर्दा असईको समेत संलग्नता खुलेको छ ।


सवारी चालक अनुमतिपत्र (३चक्के अटो रिक्सा) को लागि लिइने लिखित परीक्षा उत्तीर्ण गरी प्रयोगात्मक परीक्षा उत्तीर्ण हुनको लागि प्रयोगात्मक परीक्षा स्थलमा खटिने कर्मचारीलाई दिनु पर्छ भन्दै बिचौलिया सराफ शेखले सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा पक्राउ परेका थिए । १७ हजार सहित उनी गत २५ चैतमा पक्राउ परेका थिए । उनीमाथि अनुसन्धान हुँदा जिल्ला ट्राफिक प्रहरी कार्यालय, विर्तामोड, झापामा कार्यरत प्रहरी सहायक निरीक्षक याम कुमार खड्काको समेत मिलेमतो खुलेको हो । दुवैविरुद्ध आइतबार बिशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्