Logo
Logo

एक हजार १५८ संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार १५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ३ नमुना परीक्षण गर्दा एक हजार १५८ जनामा कोरोना पुष्टि भएको हो ।


मन्त्रालयका अनुसार पीसीआरबाट ९०४ र एन्टिजेनबाट २४५ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ११ हजार ६७२ जनाको पीसीआर र २ हजार ३३१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा १२ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ११५ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा १ हजार ३१८ जना संक्रमणमुक्त भएका छन् । यो सँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ६३ हजार ७३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १८ हजार ४४२ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्