Logo
Logo

कुमारी बैंकद्वारा ८.६७ प्रतिशत लाभांश घोषणा



काठमाडौं । कुमारी बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ मुनाफाबाट ८.६७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

बैंकले ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.६७ प्रतिशत नगद लाभांश वितरणका लागि प्रस्ताव गरेको छ । असोज ११ को संचालक समितिको बैठकले लाभांश वितरणसम्बन्धी निर्णय गरेको हो ।

यस बैंकको कुल चुक्ता पुँजी १३ अर्ब ८७ करोड ८४ लाख ७४ हजार ८३६ छ । नेपाल राष्ट्र बैंकले स्वीकृत गरी आगामी सञ्चालक समितिको बैठकबाट लाभांश घोषणा पारित भएपछि बैंकले लाभांश बितरणका लागि अनुमति प्राप्त गर्नेछ ।

बैंकले अघिल्लो आर्थिक वर्ष १०.८५ प्रतिशत बोनस सेयर र ३.१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । मौद्रिक नीति ढिलो सार्वजनिक हुँदा बैंक तथा वित्तीय संस्थाहरूको लाभांश वितरण पनि अबेर भएको हो ।

प्रतिक्रिया दिनुहोस्