Logo
Logo

सिटी सेन्टरमा दशैँ मेला



काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत महिला चेम्बरले सिटी सेन्टर कमलपोखरीको चौथो चलामा आजदेखि दशैँ–तिहार व्यापार मेला सञ्चालन गरेको छ ।

महिला चेम्बरकी महासचिव लिमा अधिकारीका अनुसार महिलाहरुलाई उत्पादनमा जोड्न र स्वदेशी वस्तु उपभोग गर्नुपर्छ भनेर उपभोक्तालाई प्रोत्साहन गर्न यो मेलाको आयोजना गरिएको हो ।

मेलामा ३० वटा स्टल छन् । जसमा नेपाली उत्पादन मह, विभिन्न खालका अचार, चकलेटलगायत नेपालमै बनाएका कपडाका उत्पादनहरु छन् । बजार मूल्यभन्दा सस्तो दरमा साडी, तन्नालगायतका कपडाहरु बिक्री भएको एक स्टलका मालिक अनिला श्रेष्ठ लाकौलले दृष्टि न्यूजडटकमलाई बताउनुभयो ।

उक्त मेलाको उद्घाटन चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले गर्नुभएको थियो । मेलामा महिला चेम्बरकी अध्यक्ष उर्मिला श्रेष्ठले मेलाको उद्देश्य प्रकाश पार्नुहुँदै नेपाली महिलालाई उद्यमी बनाउँदै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्न यो मेला आयोजना गरिएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्