काठमाडौं । लगातार तीन दिन ओरालो लागेको सेयर बजार नेप्सेमा आज सुधार आएको छ । मंगलबार नेप्से परिसूचक ५०.५८ अंकले बढ्दै २६६५.९४ विन्दुमा पुगेको हो ।
आइतबारदेखि नेप्से लगातार उच्च अंकले घट्दै आएको थियो । आइतबार ६१.२७ अंकले ओरालो लागेको नेप्से सोमबार ७३.०५ अंक र मंगलबार ७०.०१ अंकले घटेको थियो ।
आज ९८ लाख ९४ हजार ४७८ कित्ता सेयर किनबेचमा ५ अर्ब २ करोड ८५ लाख ५५ हजार ९२ रूपैयाँ बराबरको कारोबार भएको छ ।
ग्रीन विकास बैंक, अपी हाइड्रोपावर र मनकामना लघुवित्तको सेयरमा आज सकारात्मक सर्किट लाग्यो । अन्य सबै समूहको उपसूचक बढेका छन् ।
सबैभन्दा धेरै फाइनान्स, हाइड्रोपावर कम्पनी तथा विकास बैंकको सेयर करिब ४ प्रतिशतका दरले बढेको छ ।
गत विहीबार २ अंकले बढेको बजार त्यसपछि भारी अंकले गिरावट आएको थियो । गएको शनिबार बाट नेप्से परिसूचक २०४ अंकले घटेको थियो ।












