Logo
Logo

भित्तामा भेटिएको सिक्का १४ करोडभन्दा बढीमा लिलामी


एजेन्सी


काठमाडौं । फ्रान्समा एउटा बंगलाको भित्तामा भेटिएका सुनका सिक्काको लिलामी गरिएको छ ।

उक्त सम्पत्तिका मालिकले चार वटा सिक्का आफूले राखेर बाँकी २३५ सिक्का लिलामीमा राखेपछि घटना बाहिर आएको हो । ती सिक्का बुधबार १२ लाख डलर (१४ करोड भन्दा बढी रुपैयाँ) मा बिक्री भएका छन् ।

बेलायती समाचार पत्र द गार्डियनका अनुसार फ्रान्सेली क्रान्ति हुनुभन्दा पहिलाका ती सिक्का ढुंगाको काम गर्ने कालिगढले उत्तर पश्चिमी फ्रान्सको केन्पर सहरमा एउटा बंगला पुनर्निर्माण गर्दा फेला पारेका थिए । उनीहरूले सन् २०१९ मै सुनका सिक्का फेला पारेको भए पनि यो घटना सार्वजनिक भएको थिएन ।

लिलामीकर्ताले ती सिक्का तत्कालीन समयका धनी व्यापारी वा जमिनदारले बचतका रूपमा राखेको हुन सक्ने बताएका छन् । सिक्का लिलामबाट आएको पैसा सम्पत्तिका मालिक र सिक्का पत्ता लगाउने तीन जना कालिगढले बाँडेर लिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्