Logo
Logo

ईपीएल : चितवन शीर्ष स्थानमा उक्लियो



काठमाडौं । चितवन टाइगर्स बजाज पल्सर एभरेस्ट प्रिमियर लिग (ईपीएल)को शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार काठमाडौं किंग्स ११ लाई ३ विकेटले पराजित गर्दै चितवन लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

चितवनले १ सय ४२ रनको लक्ष्य ८ बल अगाडि नै पूरा गर्‍यो । चितवनलाई जित दिलाउको लागि राजेश पुलामी मगर र कमलसिंह ऐरीले २८ बलमा ४७ रनको अविजित साझेदारी गरे । राजेश २९ बलमा २ छक्का प्रहार गर्दै २६ र कमल १५ बलमा १ चौका र २ छक्का प्रहार गर्दै २३ रनमा अविजित रहे ।

त्यस्तै ओपनर इशान पाण्डे ४, मोहम्मद साहजाद १७, करिम जन्नत २१, भीम सार्की २६, दीलिप नाथ २३, सेकुगे प्रसन्न ५ र कप्तान सोमपाल कामी शून्यमा आउट भएका थिए ।

काठमाडौं किंग्सका जितेन्द्र मुखिया र रायन बर्लले २–२ तथा कप्तान सन्दीप लामिछाने, जनक प्रकाश र गुलशन झाले १–१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको काठमाडौं किंग्सले निर्धारित २० ओभर खेलेर ८ विकेट गुमाई १ सय ४१ रन बनाएको थियो ।

काठमाडौं किंग्सबाट ओपनर सुवास खकुरेलले ३४ बलमा सर्वाधिक ३५ रन बनाए । उनले २ चौका र २ छक्का प्रहार गरे । राजु रिजालले २० बलमा ३ चौका र २ छक्कासहित २८ र जनक प्रकाशले १६ बलमा १ चौका र २ छक्कासहित २६ रन बनाए ।

रहमनुल्लाह गुरबाज ५, अमित श्रेष्ठ ६, रायन बर्ल शुन्य, गुल्शन झा ४, अमरसिंह रौटेला ५ रनमा आउट भए । सिद्धान्त लोहनी ८ र कप्तान सन्दीप लामिछाने ७ रनमा अविजित रहे । म्यान अफ द म्याच देव्रेहाते स्पिनर सागर ढकालले ४ विकेट लिए । उनले ४ ओभरमा २१ रन खर्चे

करिम जन्नतले २ विकेट, कमलसिंह ऐरी र सेकेगु प्रसन्नले १–१ विकेट लिए । यो जितसँगै चितवनको २ खेलबाट ४ अंक भएको छ । काठमाडौंले दोस्रो खेलमा पहिलो हार बेहोरेको हो ।

प्रतिक्रिया दिनुहोस्