Logo
Logo

चार देशका राजदूतले राष्ट्रपतिसमक्ष बुझाए ओहदाको प्रमाणपत्र



काठमाडौं । चार देशका राजदूतहरूले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आ–आफ्नो ओहदाको प्रमाणपत्र बुझाएका छन् ।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरुले आ–आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएका हुन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तका अनुसार नेपालका लागि इजिष्टियन राजदूत नोहा ह्‍यामडी अहमद इलिजिबली, नेपालका लागि जर्मन राजदूत डा थोमस हेनरिक प्रिन्ज, नेपालका लागि नर्वेजियन राजदूत तोरुम ड्रामदल र नेपालका लागि फ्रान्सेली राजदूत जिल गुर्बाओले आ–आफ्नो ओहदाको प्रमाणपत्रहरुको बुझाएका हुन् ।

प्रतिक्रिया दिनुहोस्