Logo
Logo

प्रधान सेनापति र अमेरिकाका राजदूतबीच भेटवार्ता



काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्मा र मित्रराष्ट्र अमेरिकाका राजदूत र्यान्डी डब्ल्यू बेरीबीच भेटवार्ता भएको छ ।

आज (बिहीबार) प्रधान सेनापति शर्माको कार्यकक्ष जंगी अड्डामा उनीहरुबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको नियमित भेटवार्ताले दुई देश बीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्