Logo
Logo

यस्तो छ आङ खस्नुका १४ कारण र ९ लक्षण



काठमाडौं । महिलाहरुको स्वास्थ्यमा समस्या देखा पर्ने एउटा समस्या हो आङ खस्नु । जसलाई मलिहलाको सानो पेटमा रहेका अङ्गहरु (पिसाब थैली, पाठेघर वा दिसे आन्द्रा) ले सामान्य अवस्थाबाट ठाउँ छाडेर योनीमा झुर्नलाई आङ झर्नु वा आङ खस्नु भनिन्छ ।

चिकित्साशास्त्रको दृष्टिकोणले आङ खस्नाको मुख्य कारण सानो पेटभित्रका अङ्गहरुलाई अड्याइराख्ने मांसपेशी कमजोर भएर खुकुलो हुँदै जानु हो । हाम्रो समाजमा महिलाको आङ खस्नुमा विविध सामाजिक कारणहरु पनि जोडिएको पाइन्छ ।

आङ खस्नुका कारणहरु
१. सानो उमेरमा विवह गर्ने र बच्चा जन्माउनु ।

२. धेरै बच्चा जन्माउनु तथा जन्मान्तर कम हुनु ।

३. दक्ष स्वाथ्यकर्मीद्वारा सुत्केरी नगराउनु वा स्वास्थ्य सेवाको पहुँच नहुनु ।

४. लामो समयसम्म सुत्केरी व्यथा लाग्नु ।

५. सुत्केरी अवस्थामा पर्याप्त पोषिलो खाना र स्याहार नपुग्नु ।

६.गह्रौँ भारी बोक्नु ।

७. जननेन्द्रीय (प्रजनन् अङ्ग) हरुमा संक्रमण हुनु ।

८. टक्रुक्क बसेर धेरै बेर काम गर्नु (जस्तैः नाङ्लो निफन्नु, लुगा धुनु, घाँस काट्नु आदि),

९. माथिबाट तलतिर कसेर पटुका बाँध्नु ।

१०. बारम्बार खोकी लागिरहनु (धुवाँ र चुरोटको कारणले)

११. दिसा कब्जियत हुनु ।

१२. असुरक्षित गर्भपतन गराउनु ।

१३. सुत्केरीपछि आराम नपुग्नु ।

१४. वंषाणुगत ।

आङ खसेपछि देखापर्ने लक्षणहरु
१. योनीद्वारमा केही डल्लो आएर बसेको जस्तो हुने, अप्ठ्यारो महसुस हुने ।

२. खोक्दा, भारी बोक्दा डल्लो अझ तल झर्ने ।

३. तिघ्राको बीचमा गह्रौँजस्तो हुँदा हिँड्न र काम गर्न अप्ठ्यारो हुने ।

४. टुक्रुक्क बस्दा कठिनाइ महसुस हुने ।

५. यौनसम्पर्क गर्दा कठिनाइ आउने ।

६. दिसा–पिसाब गर्न अप्ठ्यारो हुने ।

७. छिन–छिनमा पिसाब लागिरहने ।

८. पिसाब निथ्रिएर नजाने र पछि–पछि पिसाबको संक्रमणसमेत हुन सक्ने ।

९. ढाड, कम्मर तथा सानो पेट दुख्ने ।

प्रतिक्रिया दिनुहोस्