Logo
Logo
एमाले विधान महाधिवेशन

विजुलीको पोल-पोलमा ‘ओली बा’



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एक पटक फेरि पोल पोलमा टांगिएका छन् । ओली निवासदेखि महाधिवेशन स्थल ललितपुरको सनराइज सभाहलसम्म विजुलीको पोलमा ओलीको तस्बिर अंकित पोस्टर टाँगिएको छ ।

एमालेले यो विधान महाधिवेशनलाई नेतामुखी नभएर नीतिमुखी बनाउने भनेर प्रचार गरेको भएपनि अध्यक्ष ओलीका तस्बिरहरु बानेश्वरका पोलदेखि ललितपुरको गोदावरीसम्मै प्रशस्तै देखिन्छन् । एमालेले विधान महाधिवेशनभन्दा पनि अध्यक्ष ओलीको प्रचारलाई बढी ध्यान दिएको यसैबाट प्रष्ट हुन्छ ।

यसअघि ओली नेतृत्वको सरकार रहेका बेला सामाजिक सुरक्षा कार्यक्रम घोषणा गर्ने दिन यस्तै प्रचार गरिएको थियो । त्यतिबला ओलीको तस्बिर अंकित पोस्टर काठमाडौंको बिजुलीका हरेक पोलमा सजाइएका थिए । त्योबेला सामाजिक सञ्जालमा ओलीको चर्को आलोचना भएको थियो ।

यस्तै, अहिले विधान महाधिवेशनमा पनि ओलीकै प्रचार बढी गरिएको छ । यसअघि महाधिवेशनमा तुल, ब्यानर र पोष्टर लगायतका तडकभडक नगर्ने बताएको एमालेले विधान महाधिवेशनमा ओलीका पोस्टरको व्यापक प्रचार गरिएको छ ।

बिजुलीका पोलमामात्र नभएर गाडीमा समेत ओलीको तस्बिर राखिएका छन् । कार्यक्रमस्थलमा अध्यक्ष ओलीको ‘स्टाचु’ बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्