पुष्पलाल, मदन र मनमोहनको तस्बिर विस्थापित « Drishti News – Nepalese News Portal
Logo
एमाले विधान महाधिवशेन

पुष्पलाल, मदन र मनमोहनको तस्बिर विस्थापित


दृष्टि संवाददाता


काठमाडौ । नेकपा एमालेको प्रथम विधान महाधिवेशन गोदावरीको सनराइज सम्मेलन केन्द्रमा सुरु भएको छ ।

पार्टीका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनको लोगो सार्वजनिक गरेर समारोहको उद्घाटन गरे । तीन दिनसम्म सञ्चालन हुने महाधिवेशनमा देशभरबाट करिब ६ हजार प्रतिनिधि सहभागी छन् । महाधिवेशन उद्घाटन समारोहको हलको मुख्य मञ्चमा पुराना कम्युनिष्ट नेताहरुको तस्बिर राखिएको छैन ।

यसअघि एमालेले आफ्ना कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, एमाले महासचिव मदन भण्डारी र प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको ठूला तस्वीर राख्ने गर्दथ्यो । तर, यस प्रथम विधान महाधिवेशनबाट उनीहरुका तस्बिर विस्थापित गरिएको छ ।

महाधिवेशनस्थल सम्मेलन केन्द्र परिसरका ठाउँठाउँमा एमाले अध्यक्ष केपी शर्मा ओलीको पूर्ण कदको मस्कट राखिएको छ । महाधिवेशनमा राजनीतिक प्रतिवेदन, सङ्गठनात्मक प्रतिवेदन र विधान संशोधन प्रस्ताव प्रस्तुत हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्