Logo
Logo

पशुपतीका बाबालाई खुकुरी प्रहार गर्ने पक्राउ



काठमाडौं । पशुपतिका बाबालई खुकुरी प्रहार गर्ने एक पक्राउ परेका छन् ।

पशुपतिनाथ क्षेत्रमा बस्ने सन्तोष भन्ने साधुलाईलाई खुकुरी प्रहार गरी फरार रहेका ताराबहादुर लामिछाने आज (शुक्रबार) पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरिक्षक रमेशकुमार बस्नेतका अनुसार उनलाई काठमाडौँ बुढानिलकण्ठस्थित हेपाली हाइटबाट पक्राउ गरिएको हो ।

चितवन जगतपुर नयाँबस्ती–५ निवासी लामाछानेको साथबाट बाबलाई प्रहार गरिएको खुकुरी र झोला समेत बरामत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्