Logo
Logo

फलामे छड उत्पादक संघद्वारा अन्तशुल्क नलाग्ने व्यवस्थाको स्वागत



काठमाडौं । नेपाल फलामे छड उत्पादक संघले फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्थाको स्वागत गरेको छ । संघका अध्यक्ष शाहीले आज (शुक्रबार) एक विज्ञाप्ति जारी गर्दै सरकरको उक्त निणर्यको स्वागत गरेका हुन् ।

सरकारले २५ भाद्र २०७८ मा ल्याएको बजेटबाट स्पंज आइरनमा भएको भंसार छूट तथा स्थानिय फलामे उत्पादनमा अन्तशुल्क नलाग्ने व्यवस्था गरेको थियो । यस व्यवस्थाबाट नेपालमा उत्पादित फलामे छडको लागत प्रतिकेजी चार रुपैयाँले घट्ने संघले जनाएको छ ।

संघले फलामे छड बिक्रि वितरण गर्ने उद्योगीहरुलाई प्रतिकेजी चार रुपैयाँले घटाएर बिक्रि वितरण गर्न अनुरोध पनि गरेको छ ।

‘अन्तरास्ट्रिय बजारमा फलामे छडको कच्चा पदार्थ विलेट तथा विलेटको कच्चा पदार्थ स्पंज आइरनमा १२% भन्दा बढीले मूल्य वृद्धि भएको र सोबाट फलामे छड उत्पादनमा बढ्न जाने लागतमा नेपाल सरकारको बजेटका कारण घट्न गएको लागत मूल्य प्रति केजी चार रुपैयाँ घटाई फलामे छड बिक्रि वितरण गर्नुहुन सम्पूर्ण उद्योगीहरुलाई अनुरोध गर्दछौं,’ अध्यक्ष शाहीद्वार जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्