Logo
Logo

कांग्रेसबाट निर्वाचित मेयर नेकपा प्रवेश


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १७ बैशाख।
नेपाली कांग्रेसका तर्फबाट मेयरमा निर्वाचित एक नेता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गरेका छन् । रौतहटको इशानाथ नगरपालिकाका मेयर सन्तोष मेहता मंगलबार नेकपामा प्रवेश गरेका हुन् । नेकपाका अध्यक्ष प्रचण्डले उनलाई टिका लगाएर पार्टीमा स्वागत गरे ।


त्यस्तै राजपा नेता आमप्रकाश जैसवाल पनि नेकपा प्रवेश गरेका छन् । उनी प्रदेशसभा निर्वाचनमा राजपाका उम्मेदवार समेत थिए । नेकपाका नेता प्रभु शाहको पहलमा उनीहरु नेकपा प्रवेश गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्