Logo
Logo

काठमाडौँ वेष्ट सम्मानित



काठमाडौं । रोटरी क्लब अफ काठमाडौं वेष्टलाई गत शुक्रबार सोल्टी होटलमा सम्पन्न रोटरी डिष्ट्रिक अवार्ड सन् २०१९–२० मा सम्मान गरिएको छ । पूर्व डिष्ट्रिक गभर्नर किरनलाल श्रेष्ठले रोटरी क्लब अफ काठमाडौं वेष्टका पूर्वप्रिसिडेन्ट दिग्विजय विष्टलाई कोरोना महामारीको कठिन बेलामा पनि क्लबले उत्कृष्ट काम गरेकोमा सम्मान गरेको हो ।

गत वर्ष कोरोनाका कारण ‘लकडाउन’ भएपछि उक्त क्लबले सम्पूर्ण काम कोरोना रोकथाम र गरिब परिवारलाई राहत वितरणमा केन्द्रित गरेको थियो । उक्त क्लबले सोल्टीमोड र कुलेश्वर महादेव मन्दिरमा निःशुल्क दिवा भोजनको व्यवस्था गरेको थियो । त्यसै क्रममा जनकबाबा आश्रममा खाद्यान्न वितरण गरेको थियो ।

क्लबले फ्रन्टलाइनमा काम गर्ने कुलेश्वर, कालिमाटी, बल्खु क्षेत्रका प्रहरीहरुलाई मास्क वितरण गरेको थियो । पुरस्कार वितरण समारोहमा काठमाडौं वेष्टका तर्फबाट सुरज सागाँछेको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्