Logo
Logo

एक हजार ३० संक्रमित थपिए, १० जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर एक हजार ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार ८७४ नमुना परीक्षण गर्दा एक हजार ३० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ८१२ र एन्टिजेनबाट २१८ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ५ हजार ८९३ जनाको पीसीआर र ४ हजार ९८१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा १० जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार १७४ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा एक हजार जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ७० हजार २२४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १६ हजार ६०६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्