Logo
Logo

चिकित्सातर्फको नोबेल पुरस्कार डेभिड र अर्डेमलाई



एजेन्सी । शरीर विज्ञान र चिकित्सा अन्तर्गतको नोबेल पुरस्कार डेभिड जूलियस र अर्डेम पाटापोटियनले पाएका छन् । स्नायू प्रणालीले कसरी तापक्रम र स्पर्श थाहा पाउँछ भन्नेबारे खोज गरेकोमा उनीहरुले २०२१ को नोबेल जितेका हुन् ।

डेभिड अमेरिकी नागरिक हुन् भने अर्डेम लेबनानका नागरिक हुन् । डेभिड जुलियस युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्रोफेसर हन् । पाटापौटियन ला जोलाको स्क्रिप्स इन्स्टिच्युटमा वैज्ञानिक हुन् ।

यी दुई वैज्ञानिकले हाम्रो शरीरले कसरी शारीरिक स्पर्शलाई स्नायु प्रणालीमा विद्युतीय सन्देशका रूपमा परिवर्तन गर्छ भन्नेबारे अध्ययन गरेका हुन् । यो खोज दुखाइ निदान गर्ने उपचारका लागि महत्त्वपूर्ण हुने जनाइएको छ ।

नोबेल एसेम्बलीले विज्ञप्तिमार्फत् भनेको छ– ‘गर्मी, चिसो र स्पर्श महसुस गर्ने हाम्रो क्षमता अस्तित्वका लागि आवश्यक छ र यसले वरपरको संसारसँगको अन्तरक्रियालाई बलियो बनाउँछ ।’

प्रतिक्रिया दिनुहोस्