Logo
Logo

चीन भ्रमणबाट राष्ट्रपति भण्डारी स्वदेश फिर्ता


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ बैशाख ।
चीनको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी भ्रमण छोट्याएर बुधबार स्वदेश फर्किएकी छिन् ।

९ दिने भ्रमणमा चीन गएकी राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी हुन् । तिब्बतको मौसमले स्वास्थ्यमा समस्या आएकाले राष्ट्रपति भण्डारी स्वदेश फर्किएकी हुन् ।
मंगलबार उनी बैइजिङाबट तिब्बत पुगेकी छिन् । नेपाल एयरलाइन्सको जहाज चार्टड गरिएपनि नियमित उडानबाटै उनी फर्किएकी हुन् ।
चीनमा राजकिय भ्रमण गर्ने उनी पहिलो राष्ट्रपति हुन् । भ्रमणको समयमा चीनसँग प्रोटोकल सम्झौतामा हस्ताक्षर भएको छ ।

प्रतिक्रिया दिनुहोस्