Logo
Logo

आज दसैँको दोस्रो दिन, ब्रह्मचारिणी देवीको पूजा गरिँदै



काठमाडौं । हिन्दु धर्मावलम्बीको चाड दशैं अन्तरगत आज वरात्रको दोस्रो दिन नवदुर्गा भवानीको दोस्रो स्वरुप ब्रह्मचारिणी देवीको पूजा आराधना गरिन्छ ।

हिन्दु शात्रअनुसार ब्रह्माको अर्थ तपस्या र चारिणीको अर्थ आचरण गर्ने भन्ने बुझिन्छ । तपस्याको आचरण गर्ने देवीकाका रुपमा ब्रह्मचारिणीलाई लिइन्छ ।

ब्रह्मचारिणी देवीको दाहिने हातमा जपको माला र देब्रे हातमा कमण्डलु हुन्छ । माता ब्रह्मचारिणी देवीको कृपाले तपस्वीको सर्वत्र सिद्धि र विजय प्राप्त हुने मान्यता हिन्दू शास्त्रहरुमा लेखिएको छ ।

यो दिन विवाह नभएका कन्या कुमारीहरुको पूजा गर्ने चलनसमेत छ । हिन्दु धर्ममा कन्याहरुलाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले खाने प्रचलन छ । यो दिन घरमा भएका कन्याहरुको समेत पूजा गरेर मिठा–मिठा खान दिने परम्परा छ ।

प्रतिक्रिया दिनुहोस्