Logo
Logo

सुदर्शन र सुप्रियाले सँगै बाँच्ने कसम खाए



काठमाडौं । निर्देशक सुदर्शन थापा र मोडल तथा समाचारवाचिका सुप्रिया कटपाल विवाह बन्धनमा बाँधिएका छन् । उनीहरुले २१ भदौमै इन्गेजमेन्ट गरेका थिए । शुक्रबार उनीहरुबिच विवाह गरेका हुन् ।

निर्देशन थापा आमाको साथमा बग्गीमा चढेर विवाह समारोहमा पुगेका थिए ।थापा र सुप्रियाले स्वयंभरको औँठी साटेर जुनीजुनी सँगै बाँच्ने कमस खाए । करिब एक बर्ष लामो प्रेम सम्बन्धलाई उनीहरुले विवाहमा परिणत गरेका हुन् ।

सुदर्शन र सुप्रियाको विवाह समारोहमा समिति मात्र कलाकार सहभागी छन् । नायक पुष्प खड्का, संगीतकार अर्जुन पोखरेल, निर्मात्री पूनम गौतमलगायत कलाकार विवाह भोजमा पुगेका छन् ।

चलचित्र ‘मेरो एउटा साथी छ’ निर्देशन गरेर चलचिच क्षेत्रमा उदाएका सुदर्शनले ‘मेरो लभ स्टोरी, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका चलचित्र निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्