Logo
Logo

मन्त्रिपरिषद्ले ८८ दिनमा पूर्णता पायो (नामसहित)



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गरेका छन् । सरकार गठन भएको तीन महिनामा देउवाले आज मन्त्रिपरिषदलाई पुर्णता दिएका हुन् ।

देउवाको नेतृत्वमा २९ असारमा सरकार गठन भएको थियो । ८८ दिनमा प्रधानमन्त्रीले मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद विस्तार गरेपछि आजै सपथ खुवाउने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद् विस्तार गर्दै मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड गरेका छन् । गृहमन्त्रीमा बालकृष्ण खाँण, सञ्चार तथा सूचना प्रविधि मन्त्री, ज्ञानेन्द्रबहादुर कार्की, पम्फा भुसाल उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् ।

यस्तै राजेन्द्रप्रसाद श्रेष्ठ सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री, विरोध खतिवडा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री, जनार्दन शर्मा अर्थमन्त्री, डा. मीनेन्द्रप्रसाद रिजाल रक्षा मन्त्री, उमाकान्त चौधरी खानेपानी मन्त्री, डा. नारायण खड्काले परराष्ट्र मन्त्रीको जिम्मेवारी पाएका छन् ।

रेनुकुमारी यादव भौतिक पूर्वाधार तथा यातायातमन्त्री, प्रेमबहादुर आले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री, दिलेन्द्रप्रसाद बडू कानुन, न्याय तथा संसदीय मामिलामन्त्री, देवेन्द्र पौडेल शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री भएका छन् ।

महेन्द्र राय यादव, कृषि तथा पशुपन्छी विकासमन्त्री, उमा रेग्मी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, शशी श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, रामकुमारी झाँक्री सहरी विकासमन्त्री, गजेन्द्रबहादुर हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, रामसहायप्रसाद यादव वन तथा वातावरणमन्त्री, कृष्णकुमार श्रेष्ठ श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री र महेश्वरजंग गहतराज युवा तथा खेलकुदमन्त्री भएका छन् ।

यसैगरी उमेश श्रेष्ठ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राज्यमन्त्री, भवानीप्रसाद खापुङ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा राज्यमन्त्री, बोधमायाकुमारी यादवले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्