Logo
Logo

‘प्रेसमाथि गिद्धे दृष्टि अँध्यारोलाई निम्तो दिनु सरह’


- दृष्टि न्युज/संवाददाता


नेपाल पत्रकार महासंघद्वारारा बुधबार विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा काठमाडौँको बबरमहलदेखि बानेशवरसम्म आयोजित प्रभातफेरीमा सहभागी सञ्चारकर्मीहरु ।

जनकपुरधाम, १८ वैशाख । सरकारले समाचार प्रकाशन र प्रसारणमाथि अंकुश लगाउने गतिविधि बन्द गर्नुपर्ने धारणा सञ्चारकर्मीले व्यक्त गरेका छन् ।
नेपाल पत्रकार महासंघ प्रादेशिक समिति प्रदेश नं २ द्वारा बुधबार यहाँ आयोजित ऐक्यबद्धता ¥याली र कोणसभामा सञ्चारकर्मीले सो धारणा राख्दै प्रेसमाथि अंकुश लगाउने गतिविधिले लोकतन्त्र कमजोर हुने बताएका हुन् ।
वरिष्ठ पत्रकार राजेश्वर नेपालीले लोकतन्त्र स्थापनाका लागि पे्रस चाहिने तर लोकतन्त्र स्थापना भएपछि पे्रससँग शत्रुवत् व्यवहार गर्नु चिन्ताको विषय भएको बताए । त्यस्तै, अर्का वरिष्ठ पत्रकार रामभरोस कापडीले प्रेसमाथि गिद्धे दृष्टि राख्नु अँध्यारोलाई निम्तो दिनु जस्तै भएको बताए ।
राजनीतिक विश्लेषक रोशन जनकपुरीले पे्रसमाथि सुनियोजित ढंगले आक्रमण हुनु लोकतन्त्रका लागि श्रेयस्कर हुन नसक्ने बताए । नेपाल पत्रकार धनुषा शाखाका अध्यक्ष अनिल मिश्रले सरकार पे्रस स्वतन्त्रतामाथि आक्रमण गरी पे्रसलाई बन्धक बनाउने षडयन्त्र गरिरहेको आरोप लगाए ।

प्रदेश नं २ का अध्यक्ष दीपेन्द्र चौहानको सभापतित्वमा भएको सो सभामा उपाध्यक्ष केसी लामिछाने र महासचिव किरण कर्णले सरकार निरंकुशता लाद्ने गतिविधितर्फ उद्धृत रहेको विचार राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्