Logo
Logo

‘हजार जुनी’ लिएर आए गीतकार शिशिर मोथे (भिडियो)



काठमाडौं । हजार जुनी गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

कालेबुङका शिशिर मोथेद्वारा रचित उक्त गीतमा गायक प्रवीण बेडवालको स्वर रहेको छ । उक्त गीतको म्युजिक भिडियो आज (आइतबार) सार्वजनिक गरिएको हो ।

एसआर क्रिएसनद्वारा निर्माण गरिएको उक्त म्युजिक भिडियो एसआर क्रिएसन नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । यस भिडियोमा कालेबुङका कलाकारद्वय रोशन दाहाल र रेखा पौड्यालले अभिनय गरेका छन्।

गीतमा ऋषिराज दर्नालले सङ्गीत संयोजन गरेका छन्। जस्टिन लेप्चाद्वारा छायाङ्कन गरिएको अनि बिक्की प्रधान (बिक्की इन्टरटेनमेन्ट)द्वारा सम्पादित म्युजिक भिडियोको निर्देशन रोशन दाहाल नै गरेका छन् ।

भिडियो

प्रतिक्रिया दिनुहोस्