Logo
Logo

जसपा प्रदेश २ का अध्यक्ष यादवले दिए राजीनामा



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् ।

जसपामा व्यक्ति एक पदको अवधारणा लागू गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन् ।

यसअघि यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीबाट हटाएपछि असन्तुष्ट रहेका विजय यादवलाई पार्टीबाट नै प्रदेश २ को अध्यक्षबाट राजीनामा दिन दवाव दिँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्