Logo
Logo

खैरो हिरोइनसहित चार पक्राउ



धनगढी । कैलाली प्रहरीले लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरस्थित प्रेम सागर रानाको घरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेहरुमा राजपुर बस्ने १८ वर्षीय आकाश राना, १८ वर्षीय राजेश राना, सोही ठाउँ बस्ने १८ वर्षीय राजकुमार ्राना र १८ वर्षीया सुजिता राना रहेका छन् ।

गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले कोठामा बसी लागूऔषध सेवन गरी रहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक विष्टले जानकारी दिए ।

साथै उनीहरुमाथि चेकजाँच गर्दा ३ ग्राम ६९० मिलिग्राम लागूऔषध बरामद गरिएको उनले जाकारी दिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्