Logo
Logo

साफ च्याम्पियनसिपको फाइनल पुग्ने नेपालको सम्भावना कायमै



काठमाडौं । साफ च्याम्पियनसिप अन्तरगत गए राती भएको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको छ । भारतीय टिमका क्याप्टेन सुनिल क्षेत्रीले ८२औं मिनेटमा गरेको गोल नै भारतीय जितका लागि निर्णायक बन्यो ।

जितसँगै भारत ३ खेलबाट ५ अंक बनाउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । नेपालले भने ३ खेलबाट ६ अंक जोडेको छ । नेपाल पराजित भएपनि फाइनल पुग्ने सम्भावना अझै बाँकी रहेको छ ।

नेपालले अर्को खेल बंगलादेशसँग खेल्नेछ । बंगलादेशलाई नेपालले पराजित गरे फाइनल खेल्न पाउनेछ । यदी पराजित भएको अवस्थामा भने नेपाल प्रतियोगितबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्