Logo
Logo

विश्व विजेत फ्रान्सलाई युईएफए नेसन लिगको उपाधि



काठमाडौं । स्पेनलाई २–१ गोल अन्तरले हराउँदै युईएफए नेसन लिगको उपाधि विश्व विजेत फ्रान्सले जितेको छ ।

फ्रान्सको जितमा केलिएन एम्बाप्पे र करिम बेन्जेमाले एक–एक गोलको योगदान गरे । खेलको ६६ मिनेटमा बेन्जेमाले एम्बाप्पेको पास सदुपयोग गर्दै गोल गरे । खेल सकिन १० मिनेट बाँकी छँदा एम्बाप्पेले गोल गर्दै टोलीलाई उपाधी दिलाए ।

खेलमा सुरुवाती अग्रता भने स्पेनले लिएको थियो । क्याप्टेन सर्जीयो बुस्केटको पासमा ६४ मिनेटमा माइकलले सुरुवाती गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्