Logo
Logo

लिभरपुलमाथि बार्सिलोनाको सहज जित, मेस्सीको ६०० गोल पूरा


- दृष्टि न्युज/संवाददाता


काठमाडौं , १९ वैशाख ।

युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा स्पेनिस बार्सिलोनाले शानदार जित निकालेको छ । नेपाली समयअनुसार बिहीबार बिहान घरेलु मैदान क्याम्प नोउमा भएको पहिलो लेगको खेलमा बार्सिलोनाले पाहुना टोली लिभरपुलविरुद्ध ३–० को शानदार जित निकालेको हो ।

करिब ९८ हजार घरेलु दर्शकमाझ बार्सिलोनाले सनसनीपूर्ण प्रदर्शन गर्दा कप्तान लिओनल मेस्सी नायक बने । उनले व्यक्तिगत २ गोल गरे । उनले १ गोल फ्रि किकबाट निकै दर्शनीय ढंगले गरेका थिए ।

पहिलो हाफमा १(० को अग्रता बनाएको बार्सिलोनाले दोस्रो हाफमा थप दुई गोल थप्यो। जसमा दुबै गोल कप्तान लियोनल मेस्सीले गरे । खेलको ७५ औं मिनेटमा मेस्सीले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए ।

त्यसपछि खेलको ८२ औं मिनेटमा मेस्सीले फ्रिकिकबाट गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए । लिभरपुलविरुद्ध दुई गोल गरेका मेस्सीले आफ्नो क्लब करिअरमा बार्सिलोनाका लागि ६०० गोल पूरा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्