Logo
Logo

आकाश र पुजाको ‘बिहे भा छैन’ (भिडियो)



काठमाडौं । मोडल आकाश श्रेष्ठ र पूजा शर्माको डान्सिङ नम्बरको भिडियो सार्वजनिक भएको छ । विजया दशमीको अवसर पारेर आकाश र पूजाले जोशका साथ क्लबमा नृत्य गरेको ‘बिहे भा छैन’ बोलको डान्सिङ नम्बरको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

डान्स क्लबमा खिचिएको गीतको म्युजिक भिडियोलाई कोरियोग्राफर कविराज गहतराजले फिल्मी शैलीमा तयार गरेका छन् । उनले आकाश र पूजालाई भरपूर मनोरञ्जक शैलीले प्रस्तुत गरेका छन् भने दीपकराज सुनारले त्यस्तै ढंगले नचाएका छन् । पारस कायस्थको कन्सेप्टमा तयार भएको म्युजिक भिडियोमा छायांकन सुदीप बराल, सम्पादन अर्जुन बिसी र भिएफएक्स सत्यम राणाको रहेको छ ।

गीतमा शव्द रचना एसपी सापकोटाको रहेको छ । संगम बुक्स पब्लिकेशनको अध्यक्षसमेत रहेका उनले यसअघि एकै घरका सन्तान हामी, हिजोसम्म नसोचेको जीवन पाएँ आज, सबको भलो कर्म गर्न पाए हुन्थ्यो, मान्छेबाट मान्छे निचाजस्ता सार्थक गीतहरु रचना गरी बजारमा ल्याइसकेका छन् । कर्म नामक एल्बममा संगृहित यो गीत अर्जुन सुनाम र सिर्जु अधिकारीले गाएका छन् । संगीत हरि लम्साल र संगीत संयोजन सरोज श्रेष्ठको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्