Logo
Logo

७८५ संक्रमित थपिए, १२ जनाको मृत्यु



काठमाडौं । आइतबार देशभर ७८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार १९५ नमुना परीक्षण गर्दा ७८५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ६६३ र एन्टिजेनबाट १३ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ७ हजार २३३ जनाको पीसीआर र ४ हजार ९६२ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा १२ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ८८८ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार ७८७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्