Logo
Logo

नेपालले आज बंगलादेशसँग खेल्दै, बराबरी खेले पनि साफ यात्रा निरन्तर



१३ औं साफ च्याम्पियनसिप अन्र्तगत नेपालले लिग चरणको अन्तिम खेलमा आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। आजको खेलबाट नै यो सिननमा नेपालको बाँकी यात्रा टुंगो लाग्नेछ ।

सुरुवातमा लगातार दुई खेल जिते पनि तेस्रो खेलमा भारतसँग हारेको नेपाल बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा फाइनल प्रवेश गर्नेछ।

समान ६ अंक भए पनि गोल अन्तरको आधारमा आयोजक माल्दिभ्स शीर्ष स्थानमा उक्लिँदा भारतसँगको पराजयले नेपाल दोस्रो स्थानमा झरेको छ । बंगलादेशसँगको खेलमा हारेमा नेपाल प्रतियोगिताबाटै बाहिरिनेछ। यदि खेल बराबरी भएमा पनि नेपाल ७ अंक जोड्दै उपाधि प्रतिस्पर्धामा पुग्नेछ। जित्यो भने नेपाल ९ अंकका साथ फाइनल प्रवेश गर्नेछ।

माल्दिभ्सको मालेस्थित नेसलन स्टेडियममा नेपाल र बंगलादेशबीचको प्रतिस्पर्धा नेपाली समयानुसार अपराह्न ४ः४५ बजे सुरु हुनेछ।

प्रतिक्रिया दिनुहोस्