Logo
Logo

३६५ संक्रमित थपिए, ४ जनाको मृत्यु



काठमाडौं । बुधबार देशभर ३६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५ हजार ५९४ नमुना परीक्षण गर्दा ३६५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ३२६ र एन्टिजेनबाट ३९ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ३ हजार ६७१ जनाको पीसीआर र १ हजार ९२३ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा ४ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २४७ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ६०९ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ७८ हजार ३५० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार २७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्