Logo
Logo

इतिहास रच्दै पहिलोपटक नेपाल च्याम्पियनसिपको फाइनलमा



काठमाडौं । नेपाल साफ च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको खेलमा बंगलादेशसँग बराबरी खेल्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।

माल्द्धिभ्सको राजधानी मालेको राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल र बंगलादेश १–१ को बराबरी खेलेको हो । बंगलादेशले सुरुवाती अग्रता लिएपनि जोगाउन नसक्दा फाइनलमा प्रवेश गर्नबाट चुक्यो ।

खेलको नवौं मिनेटमा बंगलादेशका सिमोन रेजाले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए ।

नेपाल सुरुवातदेखि नै आक्रमक खेल पनि गोल गर्न भने खेलको अन्तिम समय नै कुर्न पर्यो । ८८ औँ मिनेटमा अन्जान  विष्टले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

त्यसअघि  ७९ औ मिनेटमा डिबक्स बाहिर आएर हातले बल रोक्दा गोलरक्षक अनिसुर रहमानले रातो कार्ड पाएपछि बगलादेश १० खेलाडीमा सीमित बनेको थियो ।

बराबरीसँगै नेपाल ७ अंक जोड्दै फाइनल प्रवेश गरेकाे हाे । सन् १९९३ देखि सुरु भएको साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल पहिलोपटक प्रवेश गरेको हो ।

अब नेपालले आयोजक माल्द्धिभ्स र भारतबीचको विजेतासंग उपाधिका लागि भिड्ने छ । अहिले राति ९:४५ बजे भारत र माल्दिभ्सबीच प्रतिस्पर्धा हुँदैछ। 

प्रतिक्रिया दिनुहोस्