४५५ संक्रमित थपिए, ८ जनाको मृत्यु « Drishti News – Nepalese News Portal
Logo

४५५ संक्रमित थपिए, ८ जनाको मृत्यु


दृष्टि संवाददाता


काठमाडौं । बिहीबार देशभर ४५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार २१४ नमुना परीक्षण गर्दा ४५५ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट ३८९ र एन्टिजेनबाट ५७ जनामा संक्रमण पुष्टि छ । उक्त अवधिमा ३ हजार ४१८ जनाको पीसीआर र २ हजार ७९६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

त्यस्तै गएको २४ घण्टामा ८ जनाकोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २६९ पुगेको छ ।

त्यसैगरी सोही अवधिमा ८०४ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर १४ हजार २७६ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्